सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाह्य देशको उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैन : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री–वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ ।

लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा आज बुधवारदेखि सुरु भएको लिगलिग पालुङटार महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा उहाँले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरूका बाह्य देशमा पु¥याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताउनुभयो ।

‘हामीले अहिले गरिरहेको धेरैजसो व्यवसाय बाहिरबाट ल्याएर गर्ने गरेका छौँ’, अर्थमन्त्री शर्माले भन्नुभयो, ‘उत्पादन हामी आफैँ उपयोग गर्ने, अरूकोमा पु¥याउने खालको व्यवसाय हामीलाई आज आवश्यक छ ।’ त्यसका लागि देशमा हरेक खालका व्यवसायलाई आर्थिक उत्पादनसँग जोडेर सहरीकरण गर्न सक्यौँ भने मात्र वास्तविक विकास हुने उहाँको भनाइ छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अर्थमन्त्री शर्माले अबको विकासको मान्यता आर्थिक सामाजिक र सांस्कृतिकरूपमा जनताको जीवनलाई बदल्न सक्ने खालको हुनुपर्ने बताउनुभयो । उहाँले उत्पादन जोडेर विकास निर्माणलाई अगाडि बढाउँदा पनि संस्कृति, अर्थतन्त्र र सामाजिक वातावरण निर्माण गर्ने कुरामा ध्यान पु¥याउन सके यसले समग्र विकासलाई जोड्ने सक्ने उल्लेख गर्नुभयो ।

संविधानले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने स्पष्ट किटान गरेको भन्दै उहाँले गरिबीको अन्त्य र समानताको वातावरण निर्माण गर्न नागरिकको न्यूनतम आवश्यकता परिपूर्ति गर्ने क्षमता सरकारले बताउनुपर्ने अहिलेको अवस्था रहेको बताउनुभयो ।

अर्को फरक प्रसङ्गमा अर्थमन्त्री शर्माले लिगलिगकोटको दौड पर्यटनका दृष्टिकोणले ऐतिहासिक भएको भन्दै अब यसलाई राजनीतिक पर्यटनका हिसाबले समेत उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले पालुङटार नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि स्थानीय सरकार र प्रदेश सरकारले थालनी गरे केन्द्र सरकारले पनि सबैखालको सहयोग गर्ने बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.