
नेपालीहरुको महान् चाड दसैँका लागि आज बुधबार देखि नेपाल राष्ट्र बैंकले नागरिकहरुलाई नयाँ नोट दिन थालेको छ ।
राष्ट्र बैंक र वाणिज्य बैंकहरूबाट आजदेखि नागरिकले नयाँ नोट साट्न सुरु गरेको हो । दसैँमा टीका लगाउँदा परिवारका ज्येष्ठ सदस्यले नयाँ नोट दिने परम्परा छ ।


यस वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका नोट वाणिज्य बैंकहरूलाई १२÷१२ ड्रक्साका दरले ६० ड्रक्सा, विकास बैंकलाई चार–चार ड्रक्साका दरले २० ड्रक्सा र फाइनान्स कम्पनीलाई दुई–दुई ड्रक्साका दरले १० ड्रक्सा नोट दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले निश्चित शाखा कार्यालयहरूबाट नयाँ नोट सटही गर्ने गर्दछन् । गोदावरी न्युज बाट सभार
