लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव १३ अङ्कले घटेर एक हजार नौ सय ३७ दशमलव ७४ विन्दुमा झरको छ ।
आज बैंक, व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्डको शेयर घटेको छ । अरू समूहको शेयर भने सामान्य बढेको छ ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
आज दुई सय २७ वटा कम्पनीको ३४ लाख एक हजार कित्ता शेयर एक अर्ब चार करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
नेप्से सूचक घटेको दिन सामुदायिक लघुवित्तको शेयर साढे ६ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्लोबल आईएमई लघुवित्तको शेयर साढे चार प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)