सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ईन्दे्रणी कृषि सहकारीले स्थापना दिवसमा बृद्ध आमा बुवाहरुलाई गर्‍यो फलफुल वितरण ।

भोजराज पन्त

कञ्नचपुर, सुन्दरपुर
आज कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिक ९ सुन्दरपुरमा रहेको ईन्दे्रणी कृषि सहकारी संस्था लिं.ले ११ औं स्थापना दिवसको अवसरमा वेदकोट नगरपालिका ७ रौटेला स्थीत श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा बृद्ध आमा बुवाहरुलाई फलफुल तथा मिष्ठान्न वितरण गरेर मनाइएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं निर्वतमान समाजिक विकास मन्त्री माननिय लाल वहादुर खड्का रहनु भएको थियो । कार्यक्रम मा वोल्दै माननिय संसद खड्काले ईन्दे्रणी कृषि सहकारी संस्था लिं सुन्दरपुरलाई धन्यवाद दिदै आफु बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र संस्थाको संस्थापक अध्यक्ष रहदै गर्दाको सुरुवाति दिनहरुमा आर्थिक कठिनाइले गर्दा संस्था चलाउन साह्रै अप््ठेरो भएता पनि अहिले आएर यस्तै विभिन्न स्थानिय संघ संस्थाहरुको सहयोग एवं सदभावनाले गर्दा संस्था चलाउन सजिलो भएको छ ।

World Link Ads
Sana Kishan

संस्थाका सचिव पदम सिंह कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक लक्ष्मी दत्त भट्टले गरेका थिए । सुन्दरपुर स्थीत इन्द्रेणी कृषि सहकारी संस्था लिं ले आफ्नो कार्यक्षेत्र अन्तरगत का सदस्यहरुलाई मलखाद विउविजन, कृषि तथा आयआर्जन सम्वन्धि तालिमहरु लगाएत वचत ऋण सेवा दिनुका साथै समाजिक कृयाकलाप हरुमा समेत सकृय भुमीका निर्वाह गदै आएको छ ।

सुरुमा ३१ जना शेयर सदस्यवाट सञ्चालन भएको ईन्दे्रणी कृषि सहकारी संस्था लिं. मा हाल १०७३ जना शेयर सदस्य रहेका छन । संस्थाको कुल पुजी करिब ४ करोड ८० लाख रहेको छ ।

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close