सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दशैँका लागि बसको अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि खुला हुने

दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले असोज १ गतेदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको हो ।

Sana Kishan

असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका गाडीको अग्रिम टिकट खुलाउने र यसका लागि पूर्वतयारीका काम सुरु गर्ने सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

दशैँमा यात्रुलाई सास्ती नहोस् भनेर सडक विभागले मर्मत गर्ने, यात्रु र गाडीको सहजीकरणका लागि ट्राफिक प्रहरीले समन्वय गर्ने र भाडा पुनरावलोकनलगायतका विषयमा मन्त्रालय र विभागले पहल गर्ने सहमति भएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.