सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार आज पनि दोहोरो अङ्कले घटेर राताम्मे

शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज २१ दशमलव २२ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव ७९ विन्दुमा झरेको छ ।

Sana Kishan

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेको छ । हिजो ९१ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २७ वटा कम्पनीको ३२ लाख नौ हजार कित्ता शेयर एक अर्ब १९ करोड सात लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको नौ करोड १४ लाख र रिडी हाइड्रोको नौ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सानिमा माई हाइड्रोको शेयर झन्डै साढे सात प्रतिशत र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि उन्नति सहकार्य लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.