सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असोजदेखि शुक्रवार शेयर कारोबार नहुने

35
Sana Kishan

आउँदो असोजदेखि शुक्रवार शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्जको आज आइतवार बसेको सञ्चालक समितिको बैठकले असोजदेखि शुक्रवार शेयर कारोबार नगर्ने र हप्ताको पाँच दिनमात्रै बजार खुला रहने निर्णय गरेको हो ।

Karnali Traders

लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मत गर्नुपर्ने भएकाले शुक्रवार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । असोजदेखि पहिलेजस्तै आइतवारदेखि विहीवारसम्म पाँच दिनमात्रै शेयर कारोबार हुने भएको हो ।

Arus

सरकारले शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि गएको जेठदेखि सोमवारदेखि शुक्रवारसम्म शेयर कारोबार गर्न थालिएको थियो । सरकारले दुई दिने बिदाको निर्णय खारेज गरे पनि नेप्सेले भने परीक्षणको रूपमा शुक्रवार दुई घण्टासहित हप्तामा ६ दिन बजार खुला राख्ने निर्णय गरेको थियो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.