सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गुणस्तरीय स्वास्थ्य सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज शनिवार काठमाण्डौमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताउनुभयो ।

‘समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पु¥याउन काम गरिरहेको उहाँको भनाइ थियो ।

Sana Kishan

प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिएको उल्लेख गर्दै उहाँले चुनावमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । सरकारले चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको उहाँले बताउनुभयो ।

विसं २०६६ मा स्थापना भएको प्रजातन्त्रवादी चिकित्सक सङ्घले सातै प्रदेशमा आफ्नो प्रदेश शाखा स्थापना गरी चिकित्सकको हक, हित र अधिकारका क्षेत्रमा काम गर्दै आएको सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले जानकारी दिनुभयो । त्यस अवसरमा प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा. केसी, लक्ष्मीराज पाठक र महासचिव डा. मुक्तिराम श्रेष्ठलाई सम्मान गरिएको थियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.