सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार आज पनि घट्यो

शेयर बजार आज शुक्रवार पनि घटेको छ । हिजो बिहीवार एक दशमलव शून्य आठ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय ७० दशमलव ६३ अङ्कमा झरेको छ ।

आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको शेयर २० अङ्कभन्दा धेरैले घटेको छ ।

Sana Kishan

नेप्से घटेको दिन कारोबार रकम पनि घटेको छ । दुई सय १९ वटा कम्पनीको १८ लाख एक हजार कित्ता शेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरै घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.