सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जगदीश महराको मै प्रदेशी डेउडा गीत बजारमा ।

पछिल्लो समयमा डेउडामा नयाँ कलाकारहरुको आगमन बढिरहेको छ ।

भीमदत्त , कंचनपुर
कंचनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला गड्डाचौकी बस्ने आमा जन्तु देवि महरा र बुवा सुना महराका छोरा जगदिश महराले नयाँ डेउडा कोसेली सार्वजनिक गरेका छन । उक्त गीत सुदुर पश्चिमको कला सस्कृतीका क्षेत्रमा लामी समय देखि काम गर्दै आउनु भएका युवा प्रकाश कलौनीको च्यानल सुदुर खबर वान मार्फत बजारमा आएको हो ।

मै प्रदेशी नामक डेउडा गीतमा गायक स्वयम जगदिश महरा र गायिका गौरी भट्ट स्वर भरेका  छन । साथै अभिनयमा पुजा धामी र महराको रहेको छ । पछिल्लो समयमा डेउडामा नयाँ कलाकारहरुको आगमन बढिरहेको छ । बैतडी जिल्लाको दसरथ चन्द नगरपालिका वडा नम्बर ८ सिमललेख त्रिपुरामा जन्मिएका महराको बाल्यकाल बैतडीमै बित्यो ।

World Link Ads
Sana Kishan

कक्षा १० सम्म अध्यन गरेका महरा बिधालय जीवन देखी नै गायन क्षेत्रमा सकृय थिए । उहाँले बैतडी जिल्ला विभिन्न बिधालयमा सास्कृतिक कार्यक्रममा सहभागी भएका महराको परिवारको आर्थिक अवस्था कमजोर भएकाका कारण संगीतका क्षेत्रमा आउन नसकेर मित्र राष्ट्र भारतको हरियाणा राज्य अम्बलामा बिगत दुई दशक देखि निरन्तर कार्यरत छन ।

चार दिदिबहिनीका एक्ला भाईका महरा समाजमा आमा बुवाको नाम र कला सस्कृती जोगाउन प्रयास गरेको बताउ छन । यो गीत लाई माया गरि दिन आम दर्शक श्रोतालाई आग्रह समेत गरेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close