सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार २ अङ्कले बढ्यो

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ९५ दशमलव ३४ विन्दुमा पुगेको छ ।

Sana Kishan

आज व्यापार, विकास बैंक, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर बढ्दा अरू समूहको भने घटेको छ । दुई सय २६ वटा कम्पनीको २९ लाख १४ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको नौ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज अपर हेवाखोला हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्तको शेयर भने साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close