सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालेनलाई रामकुमारीको आग्रह– म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छिन् ।

शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् ।

Sana Kishan

‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने,’ उनले लेखेकी छिन्, ‘मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन आएकोले नगरौं भन्ने दवाव आयो र स्थगन गर्न प¥यो ।’ पार्टीको दबाबको बावजुद स्थानीय चुनावपछि २ जेठ २०७९ बाट करीडोरका अतिक्रमित संरचना पुनः हटाउन सुरु गरेको बताएकी छिन् ।

World Link Ads
Mahakali Polytechnic

पूर्व शहरी विकास मन्त्री झाँक्रीले आफू मन्त्री रहँदा मेयर शाहसँग बसेर केही योजना बनाएको स्मरण पनि गरेकी छिन् । ‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ,’ उनले लेखेकी छिन्, ‘मलाई जस्तो दलीय दवाव मेयर बालेन जीलाई हुँदैन ।’ नेता झाँक्रीले इमा्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै लेखेकी छिन्, ‘म सधैं तपाईंसँगै छु, तपाईंको पछाडि । यसलाई जारी राख्नुहोस् ।’ उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.