सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालेन शाह – जथाभाबी फोहोर फाल्नेलाई सीसीटिभीबाट खोजेर कारबाही गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाटोमा जथाभाबी फोहोर फाल्नेलाई सीसीटिभीबाट पहिचान गरी कारबाही गर्ने भएको छ ।

बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मेयर बालेन्द्र शाहले बाटोमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्ने बताएका हुन् ।

 

उनले महानगरका विभिन्न ठाउँमा सीसीटिभी थप्न लागेको जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

“अपराध अनुसन्धान तीव्र पार्न ‘आईजी साप’ (धिरजप्रताप सिंह) ले २५ हजार सीसीटीभी चाहिने भन्नुभएको छ । हामीले यसपाली काठमाडौं महानगरपालिकाको बजेटमा सीसीटिभीका लागि पनि बजेट राखेका छौँ,” उनले भने, “जथाभाबी बाटोमा फोहोर फाल्नेलाई सीसीटीभी फुटेजबाट पहिचान गरी कारबाहीको दायरमा ल्याइने छ ।”

Dirghayu Ads

गोष्ठीमा बोल्दै मेयर शाहले डिजिटल साक्षरतामा पनि जोड दिए । डिजिटल साक्षरताको अभावले मानिसहरू ठगीको घटनामा परेको भन्दै उनले यससँग सम्बन्धित अपराध न्यूनीकरणका लागि मानिसहरू सजग हुनुपर्नेमा धारणा राखे ।

 

(टेकपानाबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.