सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार सामान्य बढ्यो

शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ ।

Sana Kishan

नेप्से समान्य बढेको दिन दुई सय २३ वटा कम्पनीको ३६ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads

आज मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फन्डको शेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close