जापानको फूकुओकामा क्रियाशील पुरानो सस्था फूकुओका नेपाल सोसाइटीको आयोजना तथा बिभिन्न संघ संस्थाको सह–आयोजनामा वितगका बर्ष जस्तै यसपाली पनि फुनेसो तीज धमाका २०२२यस अगष्ट २६मा आयोजना हुदैछ । उक्त कार्यक्रममा भाग लिनका लागी चर्चित लोक तथा दोहोरी गित गायक पशुपति शर्मा अगष्ट २३ मा जापान पुग्नुभएको तीज धमाका कार्यक्रम संयोजक दिलेन्द्र जोशीले जानकारी दिनुभयो । विगत १ महिना भन्दा बढी अस्टेलीयाको विभीन्न शहरमा कार्यक्रम सकी त्यहाबाट सिधै जापान प्रवेश गर्नुभएका गायक शर्माले जापानको पनि विभीन्न मितिमा विभीन्न शहरमा आयोजना हुदै गरेको करीब आधा दर्जन कार्यक्रममा सहभागी हुने योजना रहेको श्रोतले जनाएको छ । देशमा तीजको माहोल बढेसँगै नेपालबाट कलाकारहरुलाई आमन्त्रण गरी विदेशमा पनि नेपाली कला संस्कृति झल्कने गरी तीज मनाउने प्रचलन आजकल विश्व भरीनै बढ्दै गएको पाइन्छ । पशुपति शर्माको स्वागतमा अगष्ट २३ मा फुकुओका विमानस्थलमा फुकुओका नेपाल सोसाइटीका पुर्व अध्यक्ष पुरुषोत्तम सिग्देल, वर्तमान अध्यक्ष माधव सिग्देल, एनआरएनए क्युस्युका संयोजक अर्जुन बगाले लगायतका व्यक्तिहरुको उपस्थीती रहेको कुरा कार्यक्रम संयोजक जोशीले बताउनु भयो ।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post