कर्णाली प्रदेश सरकारले नाग पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
’साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७८÷१२÷२९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ।

थाहा खबर बाट सभार









Discussion about this post