बझाङ– पहिरोले बझाङमा तीन घर भत्किएका छन्। मंगलबार रातिदेखिको लगातारको अविरल वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण बझाङमा तीन घर भत्किएका हुन्।
जिल्लाको विकट साइपाल गाउँपालिकामा ठूलो क्षति भएको छ। दर्जनौं ठाउँमा पहिरो खसेर बाटाघाटा बन्द हुँदा एक गाउँ र अर्को गाउँबीच सम्पर्क टुटेको छ।पहिरोले तीन घर भत्किएका छन् भने ५० भन्दा बढी घर जोखिममा परेका छन्।
पहिरोमा परेर वडा २, धलौनको खोडीमा दलजित बोहराको घर भत्किँदा ६ वटा गाईगोरु च्यापिएर मरेका छन्। यस्तै वडा २ कै जिमा गाउँमा प्यारु कामीको घर भत्किँदा ५ चौपाया मरेका छन्। पहिरोले वडा ४ जगेराका असभान रोकायाको घर बगाउँदा धनमालको क्षति भएको छ।
वडा २ को काँकरकोटमा पहिरोले तलकोट गाउँपालिकाका धनकृष्ण जोशीका तीन वटा खच्चर मरेका छन् भने दुई खच्चर घाइते छन्। सोही पहिरोले काँकरकोटमा हालसालै निर्मित पाहुना घरसमेत पुरेको साइपाल गाउँपालिकाले जनाएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post