आज साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ झन् घटेको छ ।
शुक्रबार तोलाको ९३ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजावी सुन पनि घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर आज १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नयाँ पुस्ता बाट सभार









Discussion about this post