कञ्चनपुर । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले संगठनका सदस्य एव बेलौरी नगपालिकामा काम गर्दै आएका एव.नारायण रानाको परिवारलाई किरियाखर्च सहयोग गरेको छ । शनिबार एक कार्यक्रमका विच नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले मृतक रानाको बेलौरी नगरपालिका ८ कलकत्ता घरमै पुगेर किरिया खर्च दिएको हो ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले मृतक रानाको परिवारलाई संगठनका तर्फबाट किरिया खर्च बाफत २१ हजार नगद रुपैया सहयोग गरिएको बताए । मृतक रानाकी धर्मपत्नी चन्द्रा रानालाई उक्त रकम संगठनका जिल्ला अध्यक्ष मान बहादुर चन्द सहित प्रदेश महासचिव महादेव जोशी, जिल्ला उपाध्यक्ष दिनेशराज भट्ट, कोषाध्यक्ष सन्तोष जोशी, नेता राम बहादुर राना सहितको उपस्थितिमा मृतक परिवारलाई रकम हस्तान्तरण गरिएको थियो ।
२६ जेठमा ह्यदयघातका कारण देहान्त भएका राना दुई भाई श्रीमती सहित एक छोरा र छोरी छन । अब्बल निजामती कर्मचारी रानाको आकस्मिक निधनले घर परिवार एव सहकर्मी स्तब्ध भएका छन । जनसरोकार पोस्टबाट सभार









Discussion about this post