अमेरिकाले श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको भिसा अनुरोधलाई अस्वीकार गरेको छ । देशमा विरोध प्रदर्शन चर्किँदै गएपछि पद छोड्ने प्रतिबद्धता गरेर देशबाट भाग्ने प्रयास गरेको अनुमानका बीच राष्ट्रपति राजापाक्षेको भिसा अनुरोधलाई अमेरिकाले अस्वीकार गरेको ’द हिन्दू’ ले एक उच्च अधिकारीलाई उद्धृत गर्दै लेखेको छ ।

यसअघि श्रीलङ्का र अमेरिकाका दोहोरो नागरिक रहेका गोटाबायाले सन् २०१९ को चुनावअघि अमेरिकी नागरिकता त्याग्नुभएको थियो । विदेशी नागरिक राष्ट्रपति पदका लागि उम्मेदवार हुन नपाउने कानुनका कारण उहाँले अमेरिकी नागरिकता त्याग्नुभएको थियो ।
राजापाक्षेले त्यो चुनाव भारी बहुमतका साथ जित्नुभयो तर नागरिकलाई थिचोमिचो गर्ने र एक गम्भीर आर्थिक सङ्कटका बीच उहाँ अवश्य पनि देशको सबैभन्दा अलोकप्रिय नेता बन्नुभयो ।
कोलम्बोमा रहेका एक अधिकारीले भनेका छन्, ‘उन (राजपक्ष) ले भर्खरैको घटनापछि अमेरिकालाई सुरक्षित मार्गको रूपमा रोजेका थिए तर यसलाई अस्वीकार गरिएको छ ।
श्रीलङ्कामा प्रदर्शनकारीले गएको शनिवारदेखि राष्ट्रपतिको भवन कब्जा गरेर बसेका छन् । उज्यालो अनलाई बाट सभार
https://www.youtube.com/channel/UCny0_bPN6HjURSSK4iPzwZw









Discussion about this post