सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हवाई भाडा फेरि बढ्यो, काठमाण्डौ–धनगढीको अधिकतम भाडा १७ हजार २५ रुपैयाँ

आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर एक सय ९० रुपैयाँ पु¥याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले भाडा बढाएको हो । बढेको भाडा भोलि बिहीवारदेखि लागू हुनेछ ।

Sana Kishan

सबैभन्दा धेरै धनगढीको भाडा दुई सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपेयाँ पुगेको छ । यस्तै नेपालगञ्जको १३ हजार नौ सय ८०, सुर्खेतको १४ हजार नौ सय ९५, भद्रपुरको १२ हजार नौ सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम सिमराको भाडा ४५ रुपैयाँले बढेर अधिकतम भाडा चार हजार दुई सय ५० रुपैयाँ पुगेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.