सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँ रहेको भाउ आज ९६ हजार रुपैयाँमा झरेको छ ।

Sana Kishan

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महंगो भएकाले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ । तर यसै भन्न सकिने अवस्था चाहीँ छैन । अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close