सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पश्चिमी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना

मनुसनी गतिविधि पश्चिमी क्षेत्रमा थप सक्रिय भएको छ । यसले गर्दा पश्चिमी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

Sana Kishan

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, प्रदेश–१ र मधेस प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ भने वाग्मती, प्रदेश १ र मधेस प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.