सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिनभर हरियाली रहेको शेयर बजार पौने ३ बजेपछि ओरालो

52
Sana Kishan

शेयर बजार आज सोमवार दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७५ अङ्कले घटेर २ हजार ७६ दशमलव ६७ विन्दुमा झरेको छ ।

दिउँसो १ बजेर ६ मिनेट जाँदा नेप्से ६२ अङ्कले बढेर २१ सय ४८ विन्दुसम्म पुगेको थियो । पौने ३ बजेदेखि नेप्से ओरालो लागेर २६ अङ्कसम्म घटेको थियो । तर बन्द हुने बेलामा भने झन्डै १० अङ्कले ओरालो लाग्यो ।

Arus
Karnali Traders

नेप्से घटे पनि कारोबार रकममा भने निकै सुधार भएको छ । दुई सय ३४ वटा कम्पनीका एक करोड नौ लाख कित्ता शेयर चार अर्ब ३४ करोड ९२ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १७ करोड ५८ लाख र हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज युनियन र ग्रिन लाइफ हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घट्दा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.