सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सवारी दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

दाङको घोराहीमा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र एक साइकल यात्रीको मृत्यु भएको छ ।

 

घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले बिहीबार राति घोराही ७ बेसाईमा दुईवटा साइकललाई ठक्कर दिँदा साइकल यात्री घोराही १५ का १७ वर्षीय रितेश केसी र मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको हो ।

 

Sana Kishan

दुर्घटनामा घाइते भएका दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

 

World Link Ads
Mahakali Polytechnic

दुर्घटनामा मोटरसाइकलमा सवार घोराही ७ का ३८ वर्षीय बसन्त चौधरी र साइकल यात्री घोराही १५ का विनोद भण्डारी घाइते भएको उनले जानकारी दिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

 

(स्रोत : ekantipur.com)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.