शेयर बजार मापक नेप्से परिसूचक मंगलवार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ।
मंगलवार नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ।
मंगलवार कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
सोमवारको तुलनामा मंगलवार नेप्सेसँगै कारोबार रकमसमेत गिरावट आएको छ। सोमवार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ। जसमा जीवन बीमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ। बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ।
नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बाँकी सबै कम्पनीहरूका शेयरधनीले शेयर मूल्य गुमाएका छन्। सर्वाधिक कारोबार एशियन लाइफ इन्स्योरेन्सले गरेको छ। थाहा खबर बाट सभार









Discussion about this post