सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची आसपासमा बाढी

38
Sana Kishan

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची आसपासमा गएराति बाढी आएको छ । बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।

गएको वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । स्थानीय बासिन्दा घर छोडेर सुरक्षित ठाउँमा गएका थिए । मध्यराति घर छोडेर अग्लो ठाउँमा गएर बसेको हेलम्बुकी प्रभा भण्डारीले बताउनुभयो ।

Arus
Karnali Traders

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताउनुभयो । अस्थायी पुलमा क्षति भएपछि हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङ्पालका ६ वटा वडाका नागरिक प्रभावित भएका छन् ।

अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु र मेलम्चीमा रहेका मोटरेबल र झोलुङ्गे पुलमा क्षति पुगेको थियो। हिउँदमा सहज भए पनि वर्षायाम लागेसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

वैकल्पिक बाटो प्रयोग गर्दा लामो समय लाग्ने गरेको छ । हेलम्बुको चनौटेमा सेनाले बेलीबृज बनाएको छ भने मेलम्चीमा बाहुनेपाटी पुग्नुपर्ने बाध्यता रहेको छ। किरण थापाले उज्यालो अनलाइनमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.