सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लगानीकर्ताहरूको माग पूरा भएसँगै सेयर बजारमा सकारात्मक सर्किट

शुक्रबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १३.७८ अंकले बढेर १,८६२.०६ बिन्दुमा पुगेको हो।

केही दिनदेखि आन्दोलित लगानीकर्ताहरूको माग पूरा भएको भन्दै शुक्रबार आन्दोलन तोडिएको छ। यसै कारण पनि बजारमा सुधार देखिएको हो। लगानीकर्ताहरू सेयर बजार सुधारको माग राख्दै गत असार १ गतेदेखि आन्दोलनमा थिए।

आज दुई घण्टा बजार खुल्दा कारोबार रकम १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँ पुगेको छ। शुक्रबार जम्मा २२३ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ४१ हजार ५३७ सेयर किनबेच भएको हो।

World Link Ads
Sana Kishan

कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये १५५ वटाको मूल्य बढेको छ भने ५९ वटाको मूल्य घटेको छ। आज न्यादी हाइड्रोपावर मूल्य वृद्धिमा सर्किट ब्रेक लागेको छ। अघिल्लो दिनसम्म लगातार सकारात्मक सर्किट ब्रेक लागेको आँधीखोला लघुवित्त वित्तीय संस्थाको भने आज सबैभन्दा धेरै ७.८८ प्रतिशतले घटेको हो।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबैको मूल्य बढेको छ। तीमध्ये पनि सबैभन्दा धेरै फाइनान्सको १.९१ प्रतिशत, विकास बैंकको १.८८ प्रतिशत र नन लाइफ इन्स्योरेन्सको १.७३ प्रतिशतले बढेको हो। म्युचल फन्डको भने आज ०.६७ प्रतिशतले घटेको हो। कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै कुमारी बैंकको ८ करोड ६३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि न्यादी ग्रुपको ६ करोड ३१ लाख ५९ हजार रुपैयाँ, लक्ष्मी बैंकको ४ करोड ७६ लाख ९३ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ४८ लाख ५९ हजार रुपैयाँ र सिटिजन इनभेस्टमेन्ट ३ करोड ७ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ। उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close