सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओरालो यात्रामा रहेको नेप्से ४५ अङ्कले घट्यो

शेयर बजार आज बिहीवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव २५ अङ्कले घटेर एक हजार आठ सय ४८ दशमलव २८ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

Sana Kishan

बेच्नेहरूको लहरका कारण कारोबार रकम भने बढेको छ । दुई सय ३७ वटा कम्पनीको ५० लाख आठ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको नौ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

World Link Ads
Mahakali Polytechnic

आज शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको शेयर साढे नौ प्रतिशतले तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि आँधीखोला र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.