सार्वजनिक गाडी भाडा बढेको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्टरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको जनाएको छ । विभागले स्वचालित प्रणाली बमोजिम आजदेखि नै बढेको मूल्य लागू हुने जनाएको छ ।
विभागले यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो । नेपाल आयल निगमले आइतबार पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै गाडी भाडा पनि बढेको हो । गोदावरी न्युज बाट सभार









Discussion about this post