बैतडी- बैतडीमा सवारी दुर्घटनामा परी ४ जना घाईते भएका छन् । दशरथचन्द राजमार्ग अन्तरगत पर्नै पाटन ६स्थित कनेडामोडमा भएको टिप्पर दुर्घटनामा परी ४ जना घाईते भएका छन् ।
म १ क ३८८ नं को टिप्पर दुर्घटनामा परी चालक कञ्चनपुरको बेतकोट ५का सन्तोश डगौरा, सहचालक भिमदत्त नगरपालिकाका बिरेन्द्र चौधरी, बैतडीको पाटन ३ का हिरा बिक र पाटन ४ का हरिना ऐर महराघाईते भएका हुन् ।
उनिहरुलाई उपचारको लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।
टिप्पर सडकबाट करिब ३ सयमिटर तल खसेको छ ।
(स्रोत- स्टार बुलेटिन)









Discussion about this post