Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २७, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि तीन दशमलव ६५ प्रतिशत थियो ।

चैत महिनामा मूल्यवृद्धि दर सात दशमलव २८ प्रतिशत मात्रै थियो । वैशाखमा अघिल्लो वर्षको तुलनामा घ्यु÷तेलको मूल्य २४ दशमलव ८६ प्रतिशत, फलफूलको १२ दशमलव ६१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मूल्य सात दशमलव १३ प्रतिशत बढेको छ ।

यस्तै साउनदेखि वैशाखसम्म नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा २४ दशमलव ९ प्रतिशतले वृद्धि भइ १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । १० महिनामा वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब रुपैयाँ भएकोमा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको हो ।

१० महिनाको अवधिमा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा रेमिट्यान्स भने बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तममा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले बढेको हो । अमेरिकी डरलमा भने वैशाखसम्ममा रेमिट्यान्स एक दशमलव ६ प्रतिशतले घटेकोे छ । डलरको भाउ बढ्दा यस्तो भएको हो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आठ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । वैशाख महिनामा मात्रै भने ८७ अर्ब नौ करोड रुपैयाँ रेमिट्यान्स आएको हो । यो रकम फागुन र चैतको भन्दा कम हो ।

वैदेशिक मुद्रा जोगाउन सरकारले आयातमा कडाइ गर्दै आए पनि सञ्चिति भने झन् ओरालो लागेको छ । प्रतिवेदनअनुसार गएको वैशाख मसान्तसम्म देशमा नौ अर्ब २८ करोड अमेरिकी डलर मात्रै सञ्चिति रहेको छ । यो अघिल्लो महिनाको भन्दा ३३ करोड डलरले कमी हो । अघिल्लो वर्षको तुलनामा विदेशी मुद्राको सञ्चिति २१ दशमलव १ प्रतिशतले घटेको छ । वैशाखसम्मको सञ्चितिले ६ महिना १७ दिनको वस्तु र सेवाको आयात गर्न पुग्छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा देशले अत्यावश्यक वस्तु र सेवा खरिद गर्ने सामर्थ्य गुमाउने जोखिम आउनसक्छ । देशको चालु खाता पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादनको ११ प्रतिशतभन्दा धेरै हो । कुल गार्हस्थ्य उत्पादनको आठ प्रतिशतभन्दा धेरै चालु खाता हुनु जोखिमपूर्ण मानिन्छ । उपहार खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा
अर्थ/ब्यापार

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो
अर्थ/ब्यापार

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

बैशाख १८, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो
अर्थ/ब्यापार

नेप्से परिसूचक २६ अङ्कले घट्यो

बैशाख १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व