सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सताभर सेयरबजारमा गिरावट, २ हजार ७८.७० बिन्दुमा पुग्यो नेप्से

साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै घट्न थालेको बजार त्यसयता हरेक दिन ओरालो लाग्यो । सेयर बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुग्यो ।

Sana Kishan

शुक्रबार उपसमूह राताम्य हुँदा सबैभन्दा धेरै नीर्जिवन बीमा र व्यापार उपसमूहका लगानीकर्ताले गुमाए । शुक्रबार २२६ कम्पनीको २६ हजार ६९३ वटा कारोबाटबाट ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर किनबेच भयो । यसबाट कुल १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दा बलेफी हाइड्रो पावरको ९.९८ प्रतिशतले बढ्यो । किसान लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.९५ प्रतिशतले घट्दा मुल्य ९१८.१० रुपैयाँमा झरेको छ । उन्नती सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ । शुक्रबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । उपहार खबर सभार बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.