सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सवारी दुर्घटनामा परिन् भरतपुरकी मेयर दाहाल

171
Sana Kishan

भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्।

शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।

Arus

उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ।

Karnali Traders

टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ।

रेनुकी बहिनी गंगा दाहालका अनुसार दुर्घटनामा परेर घाइते भएकी रेनुलाई अस्पताल लगेर ‘सिटीस्क्यान’ गरिएको छ।

‘टाउकोको बाहिरी भागमा मात्रै चोट लागेको चिकित्सकहरूले बताउनुभएको छ,’ उनले भनेकी छन्, ‘अहिले डिस्चार्जको तयारी भइरहेको छ।’

रेनुको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै गंगाले बताइन्। सेतोपाटी बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.