सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो

119
Sana Kishan

लगातार तेस्रो दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार ८ दशमलव ०३ अङ्कले बढेर दुई हजार दुई सय ३९ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज बैंक, व्यापार, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । विकास बैंक, जलविद्युत्, होटल र अन्य समूहको शेयर भने घटेको छ ।

Arus
Karnali Traders

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । दुई सय २२ वटा कम्पनीको २३ लाख २४ हजार कित्ता शेयर ८८ करोड ९८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै मेगा बैंकको पाँच करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै मेगा बैंकको शेयर १० प्रतिशत र नारायणी विकास बैंकको शेयर ६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त कम्पनीको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।   उज्यालो  अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.