महेन्द्रनगर । महेन्द्रनगरस्थित होटेल ओपेराको स्विमिङ्ग पुलमा डुबेर मंगलबार एक जना भारतीयको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा भारतको उत्तराखण्ड राज्यको रामपुरका अन्दाजी ३९ वर्षका फैज अहमद छन् ।
गर्मी छल्न स्विमिङ्ग पुलमा नुहाउन गएका फैज डुबेपछि तत्कालै लाइफ गार्डहरूले उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको नायव उपरीक्षक शाहले बताए। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
https://youtu.be/VzLSy0r0LeQ









Discussion about this post