सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु अध्यक्ष बरालको माग

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेकी छन् । ’पेट्रोलियम पदार्थको मूल्य वृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ’– विज्ञप्तिमा उल्लेख छ ।

Sana Kishan

‘सरकारले हिजो राति फेरि पनि स्थानीय तह निर्वाचनको मतदानको मसी नसुक्न नपाउँदै मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ, मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने, तर घट्दा नघटाई, सरकार विभिन्न कर लगाएर राजश्व उठाएर कमाउन व्यस्त छ,’ उनले भनेकी छन् ।
आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाँडिरहेको अध्यक्ष बरालको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै देशैभर अब अतिआवश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महङ्गिनेतर्फ सरकारको ध्यानाकर्षण उनले गराएकी छन् ।

World Link Ads
Mahakali Polytechnic

‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्यवृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छौँ,’ उनले भनेकी छन् । अध्यक्ष बरालले मूल्यवृद्धिविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढङ्गले उत्रन आह्वान गरेकी छन् । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.