सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार साढे २३ अङ्कले घट्यो

शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५१ अङ्कले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा झरेको छ ।

Sana Kishan

आज म्युचुल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय १९ वटा कम्पनीका ३७ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर १२ करोड ८१ लाख रुपैँयामा किनबेच भएको छ ।

आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि जनरल इन्सुरेन्सको शेयर भने साढे ७ प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.