सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका कर्ण र उपाध्यक्षमा एमालेकी सकुन्तला

बैतडी
बैतडीको शिवनाथ गाउँपालिकाको अन्तीम मत परिणाम आउनु अगावै अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेको जित सुनिश्चीत देखिएको छ । अध्यक्षका कांग्रेसका कर्ण सिंह साउद र उपाध्यक्षमा एमालेका सकुन्तला साउदको जीत सुनिश्चत भएको हो ।

अहिले वडा न.६को १सय ४८ मत गणना गर्न बाँकी छ । तर कर्ण साउदको मतान्तर २सय ८७ रहेको छ । उनले ३०९२ मत ल्याउदा एमालेका हजारी साउदले २८०५ मत प्राप्त गरेकाछन् । उपाध्यक्षमा पनि एमालेका सकुन्तला साउदले १५५मतान्तर कायम गरेकी छन् । उनको २७७६मत आउदाँ माओवादीका नरेन्द्र साउदको २६२१ मत आएको छ । यसरी अध्यक्षमा एमालेका कर्ण  उपाध्यक्षमा कांग्रेसका सकुन्तलाको जित सुनिश्चीत भएको हो ।  यसअघि २०७४को चुनावका समेत शिवनाथमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले जितेको थियो ।

Sana Kishan

शिवनाथमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको थियो भने नेकपा (एमाले)का उम्मेदवार एकल प्रतिस्प्रधामा थिए ।

World Link Ads
Mahakali Polytechnic

शिवनाथ गाउँपालिकाको वडा न. १, वडा न. ३ र वडा न. ५मा नेपाली कांग्रेस विजयी भएको छ भने, वडा न.२, वडा न. ४ मा नेकपा एमाले विजय भएको छ । वडा न.१को अध्यक्षमा कांग्रेसका बल्देव सिंह चाड विजयी हुदाँ वडा न.२को अध्यक्षमा एमालेका सुरेन्द्र सिंह साउद विजयी भएकाछन् । यसैगरी वडा न.३मा  कांग्रेसका केशव कलौनी विजयी हुदाँ वडा न. ४मा एमालेका धन बहादुर महता विजयी भएकाछन् । वडा न.५मा कांग्रेसकै केशव चन्द विजयी भएकाछन् । स्टार बुलेटिन बाट शभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.