सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेसका नगर सभापतिलाई पराजित गर्दै दनपा १ मा एमालेका भट्ट विजयी

कांग्रेसका नगर सभापतिलाई पराजित गर्दै दनपा १ मा एमालेका भट्ट विजयी
बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ का अध्यक्ष पदमा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् । ८१४ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निटकतम् प्रतिस्र्पधी नेपाली कांग्रेसका भुवनराज भट्टले ७९० मत प्राप्त गरे । उनी नेपाली कांग्रेसका दशरथचन्द नगरसभापति समेत हुन् ।

यस्तै ३ जना वडा सदस्य एमालेका निर्वाचित भएका छन् भने एक जना कांग्रेसका निर्वाचित भएका छन् ।

Sana Kishan

यसैगरी मेयर पदमा नेकपा एमालेका पुस्कराज जोशी (लख्खाभाइ)को अग्रता कायमै रहेको छ । उनले अहिले सम्म १ हजार २४० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गजेन्द्रसिंह रावलले अहिले सम्म १ हजार ५५ मत प्राप्त गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

यस्तै उपमेयरमा कांग्रेसकी कौशिला चन्दले १ हजार १४२ मत र एमालेकी सरस्वती नेपालीले १ हजार ११७ मत प्राप्त गरेकी छिन् । मतगणना जारी रहेको छ । सगुन खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.