सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० ले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार १४ सयले बढेर सुनको मूल्य प्रति तोला ९८ हजार ६०० पुगेको हो। अघिल्लो दिन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० कायम गरिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० थियो । त्यस्तै, आज चाँदी प्रति तोला १ हजार ३०५ मा कारोबार भइरहेको छ। चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेको हो। अन्नपूर्ण बाट सभार









Discussion about this post