सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण आवश्यक : अर्थमन्त्री जनार्दन शर्मा

 

अर्थमन्त्री जनार्दन शर्माले देशको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनु भएको छ ।

आज काठमाण्डौमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि देशको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनु भएको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

देश भित्रका हिमाल, तराई, पहाड, नदीहरु, झरनाहरु, श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई परीक्षण गर्न आग्रह गर्नु भयो ।

Dirghayu Ads

देशमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नुपर्ने आवश्यक भएको उहाँले बताउनु भयो । उहाँले विगतमा लेखा परीक्षण गर्दा प्लस राख्ने ठाउँमा शून्य राखिएकाले गरिबी अन्त्य नभएको बताउनुभयो । अब देशको गरिबीको लेखा परीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो । उहाँले कसरी देशमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परीक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताउनु भयो । देशमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परीक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परीक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताउनु भयो ।

अर्थमन्त्री शर्माले विगतमा लेखा परीक्षणमा भएका कमी कमजोरीको खोजी भइरहेको बताउनु भयो । लेखा परीक्षकहरुले परीक्षण गर्दा भाग गर्ने चिह्न प्रयोग गर्नुपर्ने ठाउँमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउने भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले लेखा परीक्षण गर्ने परीक्षक व्यक्तिगत स्वार्थमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराउनुभयो । उज्यालो अनलाइन बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.