सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालले दियो जिम्बाब्वे ’ए’ लाई १ सय ८२ रनको लक्ष्य

पहिलो टी–२० अभ्यास खेलमा नेपालले जिम्बाब्वे ’ए’ लाई एक सय ८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायो ।

नेपालका लागि मोहम्मद अदिल आलमले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल ४६, रोहित पौडेल ३६ र दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए । बलिङतर्फ जिम्बाब्वे का ब्राड इभान्स, लुकी जोङ्गे, ब्रान्डन मभुता र जोन मसराले एक÷एक विकेट लिए ।

Sana Kishan

नेपाल र जिम्बाब्वे ए ले तीन खेलको टी–२० क्रिकेट र तीन खेलको एकदिवसीय क्रिकेट खेल्ने तालिका छ ।

World Link Ads
Mahakali Polytechnic

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपालले जिम्बाब्वे ’ए’ सँग शृङ्खला खेल्न लागेको हो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.