नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँदलाई दोहो–याएको छ । सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्दलाई उम्मेदवार बनाएको छ।
सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी सर्वसम्मत हुँदा उपाध्यक्षमा सुमित्रा ऐरलाई अगाडि सारिएको छ। यता सुर्नयाको उपाध्यक्षमा मञ्जु बोहरालाई उम्मेदवार बनाएको कांग्रेसले शिवनाथको उपाध्यक्ष गठबन्धन दललाई दिने बताएको छ ।
पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा यसअघि नै रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ। दुवै पालिकामा उपाध्यक्ष पद भने गठबन्धन दललाई दिइएको कांग्रेसले जनाएको छ। यस्तै डिलाशैनी गाउँपालिकाको अध्यक्ष पद माओवादीलाई दिएर उपाध्यक्षका लागि भगिरथ बोहरालाई उम्मेदवार बनाएको छ। सीमारेखा बाट सभार









Discussion about this post