सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकसाथ तीन सवारीसाधन ठोक्किँदा १६ जना घाइते, एकको मृत्यु

296
Sana Kishan

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज तीनवटा सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

 

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा९च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना६ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

 

 

 

Arus

दुर्घटनामा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीया मुना गुरुङको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारका क्रममा मत्यु भएको हो।

 

 

Karnali Traders

दुर्घटनामा तनहुँको दमौली घाँसेकुवा बस्ने ३४ वर्षीय बुद्धिसागर थापा, चितवनको माडी नगरपालिका ९ बस्ने ३५ वर्षीयकुमार सिंह भुजेल, माइक्रोका सहचालक व्यास नगरपालिका ४ बस्ने २८ वर्षीय नवीन ढकाल, व्यास नगरपालिका–३ बस्ने ३८ वर्षीय सिमा शाही ठकुरी, माइक्रोका चालक व्यास ११ बस्ने ४२ वर्षीय डम्बरबहादुर विक, लगायतको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

 

 

दुर्घटनामा पछि राजमार्ग एक घण्टा अवरुद्ध भएकोमा सवारीसाधन पाखा लगाएपछि पुनःसञ्चालन भएको हो। घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ।

 

(Source : annapurnapost.com)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.