सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनएमबि बैंक दैजी र झलारी शाखाको अगुवाइमा नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न ।

372
Sana Kishan

एनएमबि बैंकले यहि बैशाख ३ गते शनिवारका दिन एनएमबि बैंक सुदूरपश्चिम प्रदेशको दैजी र झलारी शाखा कार्यालयको अगुवाइमा नवौं हेरिटेज वाक कार्यक्रम गरेको छ । कंचनपुर जिल्लाको वेदकोट दैजी बजार तथा लिङ्गा धाम क्षेत्रमा प्रभातफेरि कार्यक्रम गरि लिङ्गा धाम पुगेर सम्पन्न गरेको छ। सो कार्यक्रममा लिङ्गा धाम परिसर भित्र सरसफाई गरि डस्टविन हस्तान्तरण गरेको छ । उक्त हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो ।

 

Arus

उक्त कार्यक्रममा दैजी शाखा प्रमुख रबिन्द्र बहादुर चन्द , झलारी शाखाका प्रमुख छवि राज जोशी लगायत दुबै शाखाका सम्पुर्ण कर्मचारी हरुको भब्य उपस्थिति रहेको थियो । साथै यसरी नियमित कार्यक्रम गर्दै आएको र अझै यो आर्थिक बर्षमा कार्यक्रम गर्ने दैजी शाखा कर्जा प्रमुख अम्मर बहादुर बिष्टले सुदुर पश्चिम खबर लाई जानकारी दिनु भएको छ ।

 

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको एनएमबि बैंकले जनाएको छ । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ३, ४, ५ र ६ मा समेत गरीएको छ । प्रदेश १ मा विराटनगर शाखा देखी पिण्डेश्वरी मंन्दिर, मधेष प्रदेश (प्रदेश नं. २) मा विरगंज शाखा देखी गहवा माई मंन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखी भद्रकाली मंन्दिर, प्रदे्रश ५मा ट्राफिक चोक शाखादेखी जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मंन्दिरहरु सरसफाई गरेको छ ।

 

Karnali Traders

उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु,साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, A Nation’s Heritage resides in the Heart and soul of its People, We stand together to preserve our Heritage लगायतका नारा अंकित प्ले कार्डहरु थियो ।

 

विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंअफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।

 

एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.