सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुरक्षाको दृष्टिकोणले अति संवेदनशील सुचीमा ६९५ मतदान केन्द्र

स्थानीय तह निर्वाचनमा प्रदेश १ का १ हजार ८ सय ७७ मतदानस्थलका ४ हजार ५१ मतदान केन्द्रमध्ये ३ सय २१ मतदानस्थलका ६ सय ९५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील छन् । प्रदेशका १४ वटै जिल्लाका सुरक्षा समितिले तयार पारेको सुरक्षा योजनाअनुसार सुरक्षाको दृष्टिकोणले यस प्रदेशस्थित ८ सय ४९ मतदानस्थलका १ हजार ९ सय १६ मतदान केन्द्र संवेदनशील र ७ सय ७ मतदानस्थलका १ हजार ४ सय ४० मतदान केन्द्र सामान्य छ ।

 

मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माण गरेर भयरहित, स्वतन्त्र तरिकाले मतदान गराउने सुरक्षा निकायले योजना बनाएको छ । मतदानकेन्द्रको पहिलो सुरक्षा घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी तथा तेस्रो घेरामा नेपाली सेना रहने छन् ।

 

सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले निर्वाचन सुरक्षा चुनौतीमा निर्वाचनविरोधी दल, खुला सिमाना, दलबीचको द्वन्द्व, उम्मेदवारबीचको अन्तरद्वन्द्वलगायत रहेको बताए । ‘अहिले मतदान केन्द्रको स्थलगत अनुगमन गरिरहेको र त्यहाँ अपनाउनु पर्ने सुरक्षा सतर्कताको बारेमा नोटिस गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘मतदातालाई मतदान केन्द्रसम्म सहज रुपमा पु¥याउने सुरक्षा योजना बनाइरहेका छौं ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले यस प्रदेशस्थित खुला सिमाना, भौगोलिक विकटता, सहज रूपमा सवारीसाधानको अवागमन नहुने, सुरक्षाकर्मीलाई हिँडेरै मतदान केन्द्रसम्म जानुपर्ने निर्वाचन सुरक्षा चुनौती रहेको बताए । उनले भने, ‘सुरक्षित, स्वतन्त्र र सहज रूपमा निर्वाचन सम्पन्न गराउनका लागि अहिले जिल्ला जिल्लामा सुरक्षा योजनाहरू बनिरहेको छ । एकीकृत सुरक्षा योजना निर्माण गरेर अघि बढ्छौं ।’ राईले कुन जिल्ला र कुन मतदानस्थलमा कति सुरक्षाकर्मी परिचालन गर्ने अहिले निर्धारण भएर आइनसकेको बताए ।

 

Dirghayu Ads

जिल्लागत रुपमा मोरंगका ४९ वटा मतदानस्थलको १ सय २४ मतदानकेन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनमा यहाँ सबैभन्दा बढी ७ लाख १५ हजार २ सय २३ मतदाता छन् । तेह्रथुम र ओखलढुंगामा अतिसंवेदनशील मतदानस्थल छैन ।

 

 

कूल ७९ मतदानस्थलका १ सय ५० मतदानकेन्द्रमध्ये ६ मतदानस्थलका ८ मतदानकेन्द्र संवेदनशील र ७३ मतदानस्थलका १ सय ४२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले सामान्य रहेको प्रदेश प्रहरी प्रवक्ता एसपी राईले बताए । झापाका ५१, सुनसरीका ८०, धनकुटाका १५, उदयपुरका १२, इलामका २९ मतदान केन्द्र अतिसंवेदनशील छन् । यस्तै, पाँचथरका २७, भोजपुरका १८, खोटाङका ३५, ताप्लेजुङका २३, संखुवासभाका ७ र सोलुखुम्बुका ११ अतिसंवेदनशील मतदान केन्द्र अतिसंवेदनशील रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

(स्रोत : ekantipur.com)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.