Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुरक्षाको दृष्टिकोणले अति संवेदनशील सुचीमा ६९५ मतदान केन्द्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय तह निर्वाचनमा प्रदेश १ का १ हजार ८ सय ७७ मतदानस्थलका ४ हजार ५१ मतदान केन्द्रमध्ये ३ सय २१ मतदानस्थलका ६ सय ९५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील छन् । प्रदेशका १४ वटै जिल्लाका सुरक्षा समितिले तयार पारेको सुरक्षा योजनाअनुसार सुरक्षाको दृष्टिकोणले यस प्रदेशस्थित ८ सय ४९ मतदानस्थलका १ हजार ९ सय १६ मतदान केन्द्र संवेदनशील र ७ सय ७ मतदानस्थलका १ हजार ४ सय ४० मतदान केन्द्र सामान्य छ ।

 

मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माण गरेर भयरहित, स्वतन्त्र तरिकाले मतदान गराउने सुरक्षा निकायले योजना बनाएको छ । मतदानकेन्द्रको पहिलो सुरक्षा घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी तथा तेस्रो घेरामा नेपाली सेना रहने छन् ।

 

सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले निर्वाचन सुरक्षा चुनौतीमा निर्वाचनविरोधी दल, खुला सिमाना, दलबीचको द्वन्द्व, उम्मेदवारबीचको अन्तरद्वन्द्वलगायत रहेको बताए । ‘अहिले मतदान केन्द्रको स्थलगत अनुगमन गरिरहेको र त्यहाँ अपनाउनु पर्ने सुरक्षा सतर्कताको बारेमा नोटिस गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘मतदातालाई मतदान केन्द्रसम्म सहज रुपमा पु¥याउने सुरक्षा योजना बनाइरहेका छौं ।

 

’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले यस प्रदेशस्थित खुला सिमाना, भौगोलिक विकटता, सहज रूपमा सवारीसाधानको अवागमन नहुने, सुरक्षाकर्मीलाई हिँडेरै मतदान केन्द्रसम्म जानुपर्ने निर्वाचन सुरक्षा चुनौती रहेको बताए । उनले भने, ‘सुरक्षित, स्वतन्त्र र सहज रूपमा निर्वाचन सम्पन्न गराउनका लागि अहिले जिल्ला जिल्लामा सुरक्षा योजनाहरू बनिरहेको छ । एकीकृत सुरक्षा योजना निर्माण गरेर अघि बढ्छौं ।’ राईले कुन जिल्ला र कुन मतदानस्थलमा कति सुरक्षाकर्मी परिचालन गर्ने अहिले निर्धारण भएर आइनसकेको बताए ।

 

जिल्लागत रुपमा मोरंगका ४९ वटा मतदानस्थलको १ सय २४ मतदानकेन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनमा यहाँ सबैभन्दा बढी ७ लाख १५ हजार २ सय २३ मतदाता छन् । तेह्रथुम र ओखलढुंगामा अतिसंवेदनशील मतदानस्थल छैन ।

 

 

कूल ७९ मतदानस्थलका १ सय ५० मतदानकेन्द्रमध्ये ६ मतदानस्थलका ८ मतदानकेन्द्र संवेदनशील र ७३ मतदानस्थलका १ सय ४२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले सामान्य रहेको प्रदेश प्रहरी प्रवक्ता एसपी राईले बताए । झापाका ५१, सुनसरीका ८०, धनकुटाका १५, उदयपुरका १२, इलामका २९ मतदान केन्द्र अतिसंवेदनशील छन् । यस्तै, पाँचथरका २७, भोजपुरका १८, खोटाङका ३५, ताप्लेजुङका २३, संखुवासभाका ७ र सोलुखुम्बुका ११ अतिसंवेदनशील मतदान केन्द्र अतिसंवेदनशील रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

(स्रोत : ekantipur.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व