Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष धामीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २९, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – महिलालाई अश्लिल गाली गरेको आरोप लागेका बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई कारवाहीको माग गर्दै प्रहरीमा ठाडो उजुरी परेको छ । सिगास गाउँपालिका ९ की लक्ष्मी शाह चन्दले धामीलाई आवश्यक कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएकी हुन् ।

 

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष धामीले कांग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मी शाह चन्दलाई अश्लिल गालीगलौज गरेको अडियो बाहिरिएको थियो । आसन्न स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदकी आकांक्षी समेत रहेकी चन्दलाई धामीले अश्लिल गाली गरेका थिए ।

 

आफ्नो पारिवारिक जीवनमै आँच आउने गरेर अध्यक्ष धामीले गालीगलौज गरेकाले प्रहरीमा ठाडो उजुरी दिएको चन्दले बताइन् । उनले भनिन् ‘ म माथि भएको गालीगलौजको आवश्यक अनुसन्धान गरिदिन मैले प्रहरीमा उजुरी दिएकी छु ।’

 

गाउँपालिका अध्यक्ष धामीविरुद्ध प्रहरीमा ठाडो निवेदन परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले पुष्टि गरे । निवेदन परेकाले अध्यक्षलाई भोलि छलफलका लागि बोलाएको उनले बताए । उनले भने ‘गालीगलौज गरेको बिषयमा हामी कहाँ ठाडो उजुरी परेको छ । छलफलका लागि हामीले बोलाएका छौं । मुद्दा दर्ता गर्ने भए अदालत जान पीडित महिलालाई सुझाएका छौं ।’

 

यसअघि नेपाली कांग्रेसले समेत अध्यक्ष धामीलाई सातदिन भित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । आसन्न स्थानीय तहको निर्वाचनको बिषयमा अध्यक्ष धामीले फोनबाट चन्दलाई गाली गरेको अडियो अहिले भाइरल भएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिले अश्लिल शब्द प्रयोग गरेको भन्दै अध्यक्ष धामीको आलोचना समेत भईरहेको छ ।

 

(SOURCE : sagunkhabar.com )

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व