Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेताले भोट देखे, दुःख देखेनन्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २७, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेशपुर (झापा) । पूर्वमा नेपाल र भारतको सीमा मेची नदीले छुट्याउँछ । सीमाविदहरुका अनुसार सुगौली सन्धि गर्ने क्रममा नै जताजता नदी बग्यो, त्यतै पिलर राखेर नेपाल र भारतको सीमा तय गरिएको थियो ।

तर मेची नदीले धार परिवर्तन ग¥यो । स्थानीयवासीका अनुसार भारतले तटबन्ध बनाएपछि नदी नेपालतिर सरेको थियो । झापा सदरमुकाम भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख चिन्तामणि दाहाल भन्छन्, ‘यो बस्तीबाट पारि सीमा तोकिएको थियो । तर पछि मेची नदी बस्तीभन्दा निकै वरबाट बग्न थाल्यो र भद्रपुर नगरपालिका–३ महेशपुरको यो बस्ती मेचीपारीको बस्ती बन्यो ।’

 

नेपाली नागरिकको बसोबास नभएको भए यो बस्ती उहिल्यै भारतले आफ्नो बनाइसक्ने झापाका नागरिक अगुवाहरु बताउँछन् । उनीहरुको भनाइमा मेचीपारिको यो सीमान्त गाउँका वासिन्दा खासमा सीमाका सच्चा रक्षक हुन् । दाहाल भन्छन्, ‘यो बस्तीमा नेपाली नागरिकको बसोबास भएकै कारण भारतले यहाँ जमिन हडप्न नसकेको हो ।’

तर तिनै सीमा रक्षकले आफ्नो भूमिमा बस्दा भोग्नु परेको तिरस्कार, अभाव र असुविधा चाहिँ भनिसाध्ये छैन । यो गाउँमा राज्यको उपस्थितिको नाममा हालसालै सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा एउटा बोर्डर आउट पोष्ट (बीओपी) छ । स्थानीयवासी भन्छन्, ‘हामीलाई आफ्नै मुलुकले पराइजस्तो ठान्छ ।’

 

८८८८८

हेदुलाल राजवंशी (६०) का अनुसार दुई वर्ष भयो गाउँमा विद्युतको सुविधा पुगेको छ । तर शुक्रबार हामी पुग्दा उनको घरमा भने बत्ती बलेको थिएन । बत्ती बिग्रिएको छ, बनाउने मान्छे छैन । हेदुलालले आफ्नो दुःख सुनाइन्, ‘नेपालबाट बोलायो भने कोही आउँदैनन्, पारिकालाई बोलाए आउँथे‘।’

 

भोट माग्न आउँदा बाटो बनाइदिन्छु, यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भन्थे । चुनाव गएपछि बाईबाई, गाउँमा केही छैन, कोही आउँदैनन् – सुकिलाल राजवंशी
हेदुलालकी बुहारी शर्मा राजवंशी (२१) का अनुसार तीन वर्षअघिसम्म बर्षामा सदरमुकाम भद्रपुर जान सकिन्नथ्यो । नदीमा पुल थिएन, भेलबाढीका कारण मेची नदी तर्न सकिँदैन । भन्छिन्, ‘अहिले बल्ल झोलुङ्गे पुल हालेर केही सुविस्ता भएको छ ।’

हेदुलालका अनुसार बर्सेनि आउने बाढीले गाउँलाई डुबानमा पार्छ । नदी घर–घर बस्छ र फसल जति सबै सखाप पार्छ । ‘धान फलाउन पनि गाह्रो छ’ उनी भन्छिन्, ‘छोराहरुले आलु, गोभी रोपेका छन्, त्यही बेचेर आएको पैसाले वर्षभरि खाने हो ।’

हेदुलालको जस्तै यहाँका करिब डेढ सय घरपरिवार तरकारी खेती गर्छन् । तर त्यही तरकारी पनि सदरमुकाम लगेर बेच्न खोज्दा सीमामा सशस्त्र प्रहरीले ‘भारतबाट तस्करी गरेर ल्याएको सामान’ भनिदिन्छ, केरकार गर्छ र शंकाको दृष्टिले हेर्छ ।

कति पटक त जिल्लाबाट सिफारिस बनाएर ल्याउनू भनेको हेदुलाल सम्झिन्छिन् । ‘आफ्नै जमिनबाट फसल लाग्दा पनि उभ्याइराख्छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘आजकल केही समय भयो, छोराहरुलाई रोकेका छैनन् ।’ उनका अनुसार तरकारी बेचेर आएको पैसाले भारतबाट २५ देखि ५० रुपैयाँ किलोसम्मको चामल किनेर ल्याउने गरेको उनी सुनाउँछिन् । ‘धान लगाउन जमिन छैन, भएको पनि सबै बालुवा छ, नकिनेर के गर्नु ?’ उनी थप्छिन् ।

 

सीमा पारिको यो गाउँको अर्को समस्या हो शिक्षा । यहाँ कक्षा ८ पास गरेका कमै मात्र भेटिन्छन् । स्थानीय पर्वतलाल राजवंशी (४१) भन्छन्, ‘गाउँमा कक्षा ७ सम्मसम्म मात्र पढाइ हुन्छ, त्योभन्दा बढी पढ्न जानै सकिन्न ।’ राजवंशीका अनुसार वर्षामा मेची नदी तर्न नसक्ने भएकाले माध्यमिक विद्यालय जान सकेनन् ।

अहिले झोलुङ्गे पुल बनेपछि विद्यार्थीहरु साइकलमा भद्रपुरमा रहेको भानु मावि पढ्न जान थालेका छन् । वैदेशिक रोजगारीका लागि गएका व्यक्ति भएका परिवारका छोराछोरी चाहिँ बोर्डिङमा पनि पढ्न जान थालेका छन्, तर यस्तो संख्या नगन्य छ ।

 

स्थानीय सुकिलाल राजवंशी (३२) का अनुसार यहाँका वासिन्दासँग टाढासम्म पठाएर पढाउन खर्च गर्ने क्षमता पनि छैन । ‘खान त पुग्दैन, के गरी पढाउने ?’ उनी प्रश्न गर्छन् । गाउँमै माद्यमिक विद्यालय भए विद्यार्थीले पढ्न पाउँथे भन्ने उनलाई लाग्छ ।

सुकिलालको नजरमा गाउँको प्रमुख समस्या सडक हो । ‘बल्लतल्ल पुल त बन्यो, तर हिँड्ने नै बाटो छैन,’ उनी भन्छन्, ‘तपाईंहरुले पनि देख्नु भो होला, पुल छ, बाटो छैन ! अनि त्यसमा कसरी हिँड्नु ?’ बाटोकै समस्याका कारण सामान्य किनमेल गर्न पनि भारततिरै जाने गरेको उनी बताउँछन् । ‘यता बाटो छैन, बरु भारततिर गएर किन्न सहज छ,’ उनी भन्छन्, ‘भारतमा जाँदा दुई÷चार रुपैयाँ पनि बच्छ ।’ उनले हिसाब सुनाए, ‘भारतमा नुन १० भारुमा आउँछ, यहाँ २५ पर्छ । चिनी नेपालतर्फ १०० रुपैयाँ पुग्न लागिसक्यो, उता ३५ भारुमा आउँछ ।’

गाउँका कोही विरामी परे भारतबाटै स्वास्थ्यकर्मी बोलाउनुको विकल्प नभएको पर्वतलाल बताउँछन् । ‘नेपालमा डाक्टरै छैनन्, पारिकालाई बोलाए जतिसुकै बेला आउँछन्,’ उनी भन्छन्, ‘गाईवस्तु विरामी हुँदा पनि भारतबाटै बोलाउने हो ।’

 

गाउँमा खानेपानीको पनि राम्रो सुविधा छैन । ‘सबैले ट्युबवेलबाट निकालेर खाने हो, यहाँ फिल्टर गर्ने भन्ने हुँदैन,’ उनी भन्छन् ।

बर्सेनि चुनावको बेलामा भोट माग्न आउँदा नेताहरुले गाउँमा विकास गर्ने आश्वासन दिने गरेको सुकिलाल बताउँछन् । चुनाव सकिएपछि उनीहरु फर्केर नआउने उनको गुनासो छ । ‘भोट माग्न आउँदा बाटो बनाइदिन्छु, यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भन्थे’ सुकिलाल भन्छन्, ‘तर चुनाव गएपछि बाईबाई, गाउँमा केही छैन, कोही आउँदैन ।’

पाँच वर्षमा गाउँमा भएको विकास भनेको मेची नदी तर्नलाई एउटा झोलुङ्गे पुल बन्यो, त्यसबाहेक सबै समस्या ज्यूँका त्यूँ छन् । यही क्षेत्रको समेत भोट पाएर कहिले कृष्णप्रसाद सिटौला त कहिले राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्य चुनिए । नगर प्रमुखका रुपमा जीवन श्रेष्ठ चुनिए । एकपछि अर्को पार्टीका नेतालाई जिताउँदा पनि केही नभएकाले कसैले गाउँमा विकास गरिदेला भन्ने आश मर्न थालेको छ । ‘नेता जति सबै यस्तै रै’छन्, गाउँकै नेता भए केही हुन्थ्यो कि ?’ सुकिलाल भन्छन्, ‘तर नेता हुनलाई पढ्नु पर्ला, गाउँमा कोही पढेकै छैनन् ।’

 

पर्वतलाल भने यसपालि पार्टीभन्दा व्यक्ति हेरेर भोट दिने बताउँछन् । जसले गाउँका लागि शिक्षा, स्वास्थ्य र सडक बनाउने योजना ल्याउँछ, त्यसैलाई भोट हाल्ने उनले सुनाए । ‘ठूला नेताको नजर त परेन–परेन, गाउँका नेताहरुले पनि केही गरेनन्,’ पर्वतलाल भन्छन्, ‘हामी त नेताहरुका लागि भोट मात्र रहेछौं, चुनावका बेला आउँछन् आश्वासन दिन्छन्, भोट लिन्छन्, जान्छन् । फेरि कहिल्यै सम्झिँदैनन् ।’

नेताहरुले नहेरेकोमा जति चित्त दुखाइ छ, त्योभन्दा कम छैन नेपालीपन महसुस गर्न नपाउनुको दुःख । पर्वतलाल भन्छन्, ‘मन त त्यतिबेला दुख्छ, जब मेचीपारि उभिएर हाम्रै दाजुभाइले हाम्रो गाउँ देखाउँदै ऊ त्यो भारत हो भनिदिन्छन् ।’

यो पनि पढ्नुस्

स्थलगत १ – नेतालाई चुनावको चिन्ता, मतदातालाई गुजाराकै पीर !

स्थलगत २ – भरतपुर महानगर ः विभाजित मतदातालाई गठबन्धनको भारी

स्थलगत ३– नेताहरुले आशा देखाए, भरोसा दिएनन्

स्थलगत ४ – रातो कागज !

स्थलगत ५ – सुकुम्बासीको सन्देश ः मत दिन तयार छौं, मन बुझिदिनुहोस्

स्थलगत ६ – धवलशमशेरले मैदान छोडेपछि नेपालगञ्जले खोजेको विकल्प

स्थलगत ७ – देशकै गरिब स्थानीय तहमा गरिबी देखाएर भोट माग्छन् नेता

स्थलगत ८ – धरानमा पानी सधैंको चुनावी एजेण्डा, समस्या उस्तै

स्थलगत ९ – नेपालगञ्जको राजनीति ः जो पनि केन्द्रकै मुख ताक्ने

स्थलगत १० – तथ्यको तराजुमा विकासको ‘भरतपुर मोडल’

स्थलगत ११ – हेटौंडा उपमहानगर ः एमाले विश्वस्त, गठबन्धन आशावादी

स्थलगत १२ – वाम बिरासत धर्मराएको धरान

 

( Source : onlinekhabar.com )

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान
मुख्य समाचार

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी
मुख्य समाचार

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल
फ्ल्यास हेडिङ

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व