
कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका प्रभावशाली युवा नेता तथा पार्टी जिल्ला सचिवालय सदस्य रामचन्द्र रेग्मी सहितका हजारौँ एमाले नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेका छन । आइतबार समाजवादी बेदकोट नगरको सभा तथा पाटी समाहित कार्यक्रममा एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेका हुन ।

एमाले कञ्चनपुरका जिल्ला सचिव तथा संगठन विभाग प्रमुख हरक सिह धामीले बेदकोट नगरपालिका सहित जिल्लाभरीबाट १२सयको हाराहारीमा नेता कार्यकर्ताले समाजवादी पाटी प्रवेस गरेको बताए । ‘कुल १२ सय जतिले समाजवादी पाटी रोजेका छन, ‘संगठन विभाग प्रमुख समेत रहेका समाजवादी कञ्चनपुर सचिव धामीले भने, ‘एक हजार एमाले नेता कार्यकर्ता हुन, बाँकी अन्य पाटी र स्वतन्त्र युवा रहेका छन ।’ एमाले जिल्ला सचिवालय सदस्य रेग्मी सहित जिल्ला निर्वाचित सदस्य देव बहादुर चन्द, सल्लाहकार भाममती खडायत, पुर्णकला पौडेल, कर्ण खडायत, मोहन सिह, हरिशंकर रामना, नर ब. शाही, पदमा पाण्डेय, कलावती भाट, धनश्याम जोशी, भावना भट्ट, भावना भट्ट, भोजराज भट्ट, रतन गडाल, हरिना भाट लगायतका एमाले नेता कार्यकर्ताले पाटी परित्याग गरेर समाजवादी प्रवेस गरेका हुन ।

समाजवादी प्रवेस गर्नेहरुलाई पाटी अध्यक्ष माधव कुमार नेपालले स्वागत गर्दै बामाले पाटीमा ईमान्दार नेता कार्यकर्तालाई ठाँउ नभएकाले समाजवादीमा समाहित हुनुभएकोमा बधाई ज्ञापन गरेका छन । नेकपा एकिकृत समाजवादी पाटी बेदकोट नगरपालिका अध्यक्ष महेशराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजवादी बेदकोटका युवा प्रविन बोगटीले गरेका थिए । जनसरोकार पोस्ट बाट सभार
